महोत्तरीमा गोली चल्यो, एक महिला घाइते



महोत्तरी, जेठ २५ 
महोत्तरीमा गएराति लुटेराहरूको एक समूहले गोलीको लागि एक महिला घाइते भएकी छन् । ​लोहारपट्टी नगरपालिका वडा नम्बर ६ गएराति रामकरण साहको घरमा ७ जनाको समूहमा हातहतियार सहित आएका लुटेराको समूहले लुटपाट गर्दै गोली प्रहार गर्दा ४५ वर्षिय गायत्री देवी साह घाइते भएकी हुन् ।

लुटेराहरूको समुहले घरमा लुटपाट गर्ने क्रममा गायत्रीले गुहार माग्दै हल्ला गरेपछि गायत्री देवी माथि गोली प्रहार गरेका थिए । घाइते गायत्रीको उपचार जनकपुरधाम स्थित प्रादेशिक अस्पतालमा भइरहेको महोत्तरीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । घाइते गायत्रीको दाहिने तिघ्रामा गोली लागेको उनले बताए ।

लुटेराहरूको समुहले घरमा रहेको २५ हजार रुपैयाँ, ६ आना सुनको मंगलसुत्र, ६ आनाको तिलहरी, दुवै कानको मुन्द्रा लुटेर लगेको उनले जानकारी दिए । घटना बारे थप अनुसन्धान भइरहेको महोत्तरी प्रहरीले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News