पछिल्लो २४ घण्टामा ६५७० संक्रमित निको भए



काठमाडौं, जेठ २५
पछिल्लो २४ घण्टामा देशभर ६ हजार ५७० जना संक्रमित निको भएका छन्। नेपालमा संक्रमित निको हुनेदर ८४ दशमलव ७ प्रतिशत रहेको स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म ५ लाख ४ हजार ५३० जना संक्रमित निको भइसकेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १२ हजार ६५ जनाको पिसिआर र ५ हजार ६११ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत ३ हजार ८७० जना र एन्टीजेटमार्फत १ हजार २८३ जना संक्रमित पुष्टि भएका छन्।

त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर १०८ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म ८ हजार ९८ जना संक्रमितको मृत्यु भएको छ। आज ६ हजार ५७० जना संक्रमित निको भएका छन्।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News