पछिल्लो २४ घण्टामा ३७४९ जना संक्रमित, ५९ जनाको मृत्यु


 


काठमाडौं, जेठ २७
पछिल्लो २४ घण्टामा देशभर ३ हजार ७४९ जना व्यक्ति कोरोना संक्रमित भएका छन्। हालसम्म पिसिआर परीक्षण गर्दा ६ लाख १ हजार ६८७ र एन्टीजेन परीक्षण गर्दा १७ हजार ७१४ जना व्यक्ति संक्रमित पुष्टि भएका छन्। तीमध्ये ५ लाख १५ हजार ५९१ ज्ना व्यक्ति निको भइसकेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ९ हजार ९०१ जनाको पिसिआर र ५ हजार ३३७ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत २ हजार ८७४ जना र एन्टीजेटमार्फत ८७५ जना संक्रमित पुष्टि भएका हुन्।

त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर ५९ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म ८ हजार २३८ जना संक्रमितको मृत्यु भएको छ। आज ५ हजार २९३ जना संक्रमित निको भएका छन्।

प्रकाशित मिति: २७ जेष्ठ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्