किशोरीको फेसबुक म्यासेन्जरमा अश्लिल भिडियो पठाउने पक्राउ



काठमाडौँ, असार १ 
सामाजिक संजाल ‘फेसबुक, टिकटक र युट्युव’मा अर्काको अश्लिल फोटो र भिडियो बनाएर प्रकाशन र प्रदर्शन गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीको साइबर ब्यूरोले काठमाडौं–१७ डल्लु बस्ने वर्ष २६ का सानु पोडे र बाग्लुङको बाग्लुङ नगरपालिका–८ घर भएका ५२ वर्षीय रामेन्द्र खड्कालाई पक्राउ गरेको हो ।

सानु पोडेले १६ वर्षीया किशोरीको फेसबुक म्यासेन्जरमा पटक–पटक पीडितको अनुहारमा अपरिचित महिलाको नग्न शरीर जोडेर मोर्फेड गरेको तस्बिर र भिडियो पठाएर हैरानी गरेको ब्यूरोका एसएसपी नविन्द अर्यालले बताए ।

रामेन्द्र खड्काले फेसबुक, टिकटक र युट्युव मार्फत ४ जना व्यक्तिको फोटो र भिडियो फोटोसप गरेर अश्लिल बनाइ प्रसारण, प्रकाशन गरेका थिए । उनीहरुमाथि विद्युतीय कारोबार ऐन बिरुद्धको कसुरमा जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको एसएसपी अर्यालले बताए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News