पछिल्लो २४ घण्टामा २ हजार ४४२ जनालाई कोरोना पुष्टि



काठमाडौं, असार ६
पछिल्लो २४ घण्टामा देशभर २ हजार ४४२ जना व्यक्ति कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १० हजार ९५६ जनाको पिसिआर र एन्टीजेट परीक्षण गर्दा २ हजार ४४२ जनामा कोराना पुष्टि भएको हो।

मन्त्रालयका अनुसार ६ हजार ६७७ जनाको पिसिआर र ४ हजार २४९ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत १ हजार ४२१ जना र एन्टीजेटमार्फत १ हजार २१ जना संक्रमित पुष्टि भएका हुन्। देशभर ५५ हजार ५३२ जना सक्रिय संक्रमित रहेका छन्।

पछिल्लो २४ घण्टामा देशभर ५१ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म ८ हजार ७२७ जना संक्रमितको मृत्यु भएको छ। २४ घण्टामा देशभर ३ हजार ४५६ जना संक्रमित निको भएका छन्।

नेपाल संक्रमित निको हुने दर ८८ दशमलब ५ प्रतिशत रहेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म ५ लाख ५६ हजार ७९८ जना संक्रमित निको भइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News