आजको मौसम पूर्वानुमान : यी स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह



काठमाडौं, असार ८
मौसम पूर्वानुमान महाशाखाले देशका धेरै स्थानहरुमा हल्का र मध्यम वर्षाका साथै बाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

महाशाखाले भारी वर्षको सम्भावना रहेका उक्त प्रदेशहरुको पहाडी भूभागमा पहिरो र गेग्रान बहाव जोखिम रहेकोले नदीनाला, खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

देशभर मनसुनी वायुको प्रभाव रहेको र देशको दक्षिणी भूभाग नजिक मनसुनी न्युन चापीय रेखा रहेकाले देशभर नै बदली रहने महाशाखाले जनाएको छ । हाल देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश न २ र वाग्मती प्रदेशका एक/दुई स्थानमा तथा लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ ।

यसैगरी, आज दिउँसो देशभर सामान्य बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन र चट्टयाङ्ग सहित भारी वर्षाको समेत सम्भावना छ।

यस्तै, राति देशभर सामान्य बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, प्रदेश नं २, बाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन र चट्टयाङ्ग सहित भारी वर्षाको समेत सम्भावना छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News