पछिल्लो २४ घण्टामा कति जनालाई कोरोना पुष्टि भयो ?



काठमाडौं, असार ११
पछिल्लो २४ घण्टामा देशभर २ हजार ४७६ जना व्यक्ति कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १४ हजार ३५१ जनाको पिसिआर र एन्टीजेट परीक्षण गर्दा २ हजार ७४६ जनामा कोराना पुष्टि भएको हो।

मन्त्रालयका अनुसार ९ हजार ५८६ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ७२१ र ४ हजार ७६५ जनाको एन्टीजेन परीक्षण गर्दा ६५५ जना संक्रमित पुष्टि भएका हुन्। पछिल्लो २४ घण्टामा देशभर २७ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म ८ हजार ९४५ जना संक्रमितको मृत्यु भएको छ।

२४ घण्टामा देशभर ५ हजार ४५५ जना संक्रमित निको भएका छन्। नेपाल संक्रमित निको हुने दर ९१ दशमलब ३ प्रतिशत रहेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म ५ लाख ७६ हजार ४१३ जना संक्रमित निको भइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News