नो पार्किङमा रहेको मन्त्रीको गाडीमा ट्राफिकको “व्हिल लक”



काठमाडौँ, असार १३
बानेश्वरमा गलत ठाउँमा पार्किङ गरेपछि मन्त्रीको गाडीमा ट्राफिक प्रहरीले “व्हिल लक” लगाइदिएको छ ।

बा२ झ ३१४२ नम्बरको उक्त गाडीको चक्कामा ट्राफिक प्रहरीले लक लगाइदिएको हो । फोर्ड कम्पनीको उक्त गाडी नयाँ बानेश्वरको सडकमा पार्किङ गरिएको थियो ।

सामाजिक सञ्जाल ट्विटरमा भुवन थापाले सार्वजनिक गरेको उक्त गाडीको तस्बिर हेर्दा नयाँ बानेश्वरमा अहिले राखिएको आकाशे पुल पनि देख्न सकिन्छ ।

यो गाडी कुन मन्त्रालयको हो भन्ने खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News