नेपालमा कोरोना संक्रमितको संख्या कति पुग्यो?



काठमाडौँ, असार १३
पछिल्लो २४ घण्टामा देशभर १ हजार ९२० जना कोरोना संक्रमित थपिएका छन्। यो संगै हालसम्म कोरोना संक्रमितको संख्या ६ लाख ६५ हजार ७७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

आइतबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलका अनुसार अनुसार गत २४ घण्टामा ६ हजार जनाको पीसीआर र ३ हजार ८३६ जनाको एन्टीजेन बिधिबाट परिक्षण गर्दा क्रमश: १३५३ र ५६७ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै, मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा ३ हजार ००७ जना निको भएर घर फर्केका छन् । यसैगरी, गत २४ घण्टामा ३४ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसंगै नेपालमा हाल कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ०९ पुगेको छ।

यसअघि हिजो २,०१६ जनामा कोरोना पुष्टि हुँदा ४,९१४ जना संक्रमण मुक्त भएका थिए भने ३० जनाको मृत्यु थियो।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News