नेपालमा पछिल्लो २४ घण्टामा कति जनालाई कोरोना पुष्टि भयो?



काठमाडौं, असार १४
पछिल्लो २४ घण्टामा देशभर २ हजार ४४४ जना व्यक्ति कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ११ हजार ६४० जनाको पिसिआर र एन्टीजेट परीक्षण गर्दा २ हजार ४४४ जनामा कोराना पुष्टि भएको हो।

मन्त्रालयका अनुसार ६ हजार ६४८ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ५०९ र ४ हजार ९९२ जनाको एन्टीजेन परीक्षण गर्दा ९३५ जना संक्रमित पुष्टि भएका हुन्। पछिल्लो २४ घण्टामा देशभर ४२ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म ९ हजार ५१ जना संक्रमितको मृत्यु भएको छ।

२४ घण्टामा देशभर ३ हजार ८५३ जना संक्रमित निको भएका छन्। नेपाल संक्रमित निको हुने दर ९२ दशमलब ६ प्रतिशत रहेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म ५ लाख ८८ हजार १८७ जना संक्रमित निको भइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News