रुपा सुनार प्रकरणमा मुछिएका मन्त्री श्रेष्ठले भने -आइन्दा यस्तो गल्ती गर्दिनँ



काठमाडौं, असार १६
जातीय विभेदलाई प्रश्रय दिएको आरोप लागेका शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले गल्ती महसुस भएको भन्दै आइन्दा यस्तो गल्ती नगर्ने बताएका छन् ।

राष्ट्रिय मानव अधिकार आयोग पदाधिकारीहरुसँगको छलफलमा मन्त्री श्रेष्ठले गल्ती गरेको महसुस भएको र आइन्दा यस्तो गल्ती नगर्ने बताएका हुन् ।

जातीय विभेद गरेको आरोपमा पक्राउ परेकी घरबेटीलाई मन्त्रीको झण्डावाल गाडीमा राखेर लगेपछि मन्त्री श्रेष्ठ विवादमा तानिएका थिए ।

आयोगले सो प्रकरणमा मन्त्री श्रेष्ठलाई मंगलबार आयोगको कार्यालयमा बोलाएर छलफल गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News