नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या कति पुग्यो?



काठमाडौँ, असार १६
पछिल्लो २४ घण्टामा देशभर २ हजार ८९२ जना कोरोना संक्रमित थपिएका छन् । यो संगै हालसम्म कोरोना संक्रमितको संख्या ६ लाख ७३ हजार ७४९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

सोमबार स्वास्थ्य मन्त्रालयका अनुसार अनुसार गत २४ घण्टामा ७ हजार १८७ जनाको पीसीआर र ४ हजार ३४१ जनाको एन्टीजेन बिधिबाट परिक्षण गर्दा क्रमश: १,८८९ र १००३ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै, मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा ३ हजार ५९७ जना निको भएर घर फर्केका छन् । यसैगरी, गत २४ घण्टामा ४१ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसंगै नेपालमा हाल कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ११२ पुगेको छ।

यसअघि हिजो २,६३६ जनामा कोरोना पुष्टि हुँदा ४,३४८ जना संक्रमण मुक्त भएका थिए भने २० जनाको मृत्यु थियो।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News