विपक्षी दलका केही नेता खोप ल्याउन नदिने पक्षमा रहेको प्रधानमन्त्रीको आरोप



काठमाडौं, असार १८
प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दलका केही नेताहरुले कोरोनाविरुद्धको खोप नदिन लबिंग गरिरहेको आरोप लगाएका छन् ।

नेकपा एमालेको केन्द्रीय समिति बैठकलाई शुक्रबार सम्बोधन गर्दै उनले भने–‘केही दलका साथीहरूले अहिले भ्याक्सिन नदेऊ, हाम्रो सरकार आएपछि दिनू भनेर लबिंग गरिरहेका छन्।’

यद्यपी उनले दुई दिन भित्रै चाहिने जति कोरोना खोप आउने दाबी गरे । उनले भने–‘अब भ्याक्सिनको समस्या छैन । पर्सिदेखि चाहिने जति भ्याक्सिन आउँछ ।’ भारतबाट दोस्रो डोज नआउँदा समस्या भए पनि अब खोपको समस्या नहुने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News