नेपालमा पछिल्लो २४ घण्टामा कति कोरोना संक्रमित निको भए?



काठमाडौं, असार १८
पछिल्लो देशभर ३ हजार ४५१ जना संक्रमित निको भएका छन्। नेपाल संक्रमित निको हुने दर ९४ प्रतिशत रहेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म ६ लाख ३ हजार ६०० जना संक्रमित निको भइसकेका छन्।

त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर २ हजार २९९ जना व्यक्ति कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १० हजार ५९६ जनाको पिसिआर र एन्टीजेट परीक्षण गर्दा २ हजार २९९ जनामा कोराना पुष्टि भएको हो।

मन्त्रालयका अनुसार ६ हजार ५६६ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ३९१ र ४ हजार ३० जनाको एन्टीजेन परीक्षण गर्दा ९०८ जना संक्रमित पुष्टि भएका हुन्। पछिल्लो २४ घण्टामा देशभर ३४ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म ९ हजार १७९ जना संक्रमितको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News