टिपरको ठक्करबाट दुई जनाको मृत्यु



काठमाडौँ, असार २०
काठमाडौँको टोखा नगरपालिकामा टिपरको ठक्करबाट दुई जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् ।

शनिबार राति पौने ११ बजे बा २ क ३४६६ नम्बरको टिपरको ठक्करबाट प्रदेश ३–०२–०१० प ७२२१ नम्बरको मोटरसाइकलका चालक नुवाकोटको बेलकोट नगरपालिका ६ का २६ वर्षका सन्तोष अधिकारी र मोटरसाइकलको पछाडि बस्ने त्यही ठाउँका २२ वर्षका दिपेश थापाको घटनास्थलमा नै ज्यान गएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलकै पछाडि बस्ने ३० वर्षका सागर खतिवडा घाइते भएका छन् । उनको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । मोटरसाइकलमा तीन जना सवार थिए । टिपर चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News