बैतडी जीप दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुग्यो



बैतडी, असार २०
बैतडीमा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ । सिगास गाउँपालिका–३ को लगनमा भएको दुर्घटनामा परेर गम्भीर घाइते भएका सिगास गाउँपालिका–३ का ४५ वर्षीय जयसिंह धामीको पनि मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार उपचारका लागि अस्पताल लैजाने क्रममा धामीको मृत्यु भएको छ । यसअघि ४५ वर्षका मानसिंह साउद र ७५ वर्षका रामसिंह धामीको मृत्यु घटनास्थलमै मृत्यु भएको थियो ।

आज बिहान सिगास गाउँपालिका–३ बाट डडेल्धुरातर्फ जाँदै गरेको से१ज ७३९ नम्बरको जीपमा दुर्घटना हुँदा अन्य ११ जना घाइते भएका छन् । घाइतेहरुमध्ये अझै थप ३ जनाको अवस्था गम्भीर रहेको छ । उनीहरुलाई उपचारका लागि डडेल्धुरा पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण अझै खुल्न सकेको छैन । प्रहरीका अनुसार चालक खगेन्द्रबहादुर साउद र गाडीधनी हरिभान साउद फरार रहेकाले खोजी भइरहेको छ । जिप सडकबाट तल खसेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News