नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या कति पुग्यो?



काठमाडौं, असार २१
मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार ६२२ जनामा कोरोना संक्रमित थपिएका छन् भने २ हजार २११ जना कोरोनामुक्त भएका छन् । देशभरका विभिन्न प्रयोगशालामा गरिएका परिक्षणमा उक्त संख्यामा संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ७४९९ जना र एन्टीजेन विधिबाट ४०२८ जना गरी जम्मा ११५२७ जनाको कोरोना परिक्षण गरिएको छ ।

यससँगै नेपालमा हालसम्म ६ लाख ८२ हजार ३ सय ६१ जना संक्रमित पुगेका छन्। पछिल्लो २४ घण्टामा २३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यससँगै हालसम्म ९ हजार २ सय ४८ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयले परीक्षण सरकारी ल्याबहरुमा निःशुल्क भएपनि परीक्षण घटेको जनाएको छ । मन्त्रालयले लक्षण देखिएकाहरुलाई परीक्षण गराउन पनि अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News