नेपालमा पछिल्लो २४ घण्टामा कति कोरोना संक्रमित निको भए?



काठमाडौं, असार २२
पछिल्लो २४ घण्टामा एक हजार ५६५ संक्रमित निको भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म ६ लाख १२ हजार ९९४ जना संक्रमित निको भइसकेका छन्। नेपालमा निको हुने दर ९४ दशमलब ४ प्रतिशत रहेको छ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर दुई हजार ६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १२ हजार ५८५ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा दुई हजार ६३४ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार ७ हजार ५०३ जना पिअिसार परीक्षण गर्दा १ हजार ७१८ र ५ हजार ८२ जनाको एन्टीजेन परीक्षण गर्दा ९१ जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा १५ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म ९ हजार २६३ जना संक्रमितको निको भइसकेको छन्।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News