कर्णेल चन्द्रप्रकाश चापागाईं नियन्त्रणमा



काठमाडौं, असार २४
सैनिक प्रहरीले नेपाली सेनाका कर्णेल चन्द्रप्रकाश चापागाईंलाई नियन्त्रणमा लिएको छ । सेनाले उनीमाथि जंगी अड्डा स्थित सैनिक प्रहरीका हिरासतमा राखेर छानविन गरिरहेको छ ।

सैन्य प्रवक्ता (सहायकरथी) सन्तोष बल्लभ पौडेलले अनुशासन र आचरण विपरितको कसुरमा कर्णेल चापागाईंमाथि छानविन भइरहेको बताए । ‘छानविनको नतिजा छिट्टै आउला’सैन्य प्रवक्ता पौडेलले भने ।

सिंह दल गणबाट लेबनान मिसनमा रहेका बेला उनले अनियमितता गरेको बताइएको छ । कर्णेल चापागाईंमाथि शान्ति सेनामा हुँदा अनियमितता गरेको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News