पहिरोले पाँच घर बगाउँदा एकको मृत्यु, एक बेपत्ता, सात जना घाइते



पाल्पा, असार २४
अविरल वर्षाका कारण आएको पहिरोले पाल्पाको तिनाउ गाउँपालिका–५ मा बिहीबार पहिरोले पाँच घर बगाउनुका साथै एक जनाको मृत्यु भएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत हिउँदे खोला नजिकै खसेको पहिरोमा चार वर्षीय बालक बेपत्ता छन् भने ७ जना घाइते छन् ।

हिउँदे खोलामा खसेको पहिरोले पाँचवटा घर बगाएको स्थानीयले बताएका छन् । तिनाउ–५ कै अन्दाजी ४५ वर्षीय वीरबहादुर गुरुङको पहिरोमा पुरिएर मृत्यु भएको र पूजा परियारका चार वर्षीय छोरा आरोप बेपत्ता भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार नरबहादुर राना, आकाश तामाङ, हरि दर्लामी, वीरबहादुर गुरुङ र रमेश परियारको घर पहिरोले बगाएको छ । पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । दोभान प्रहरी चौकीका अनुसार हिउँदे खोला, झुम्सा, दोभानका विभिन्न स्थानका साथै सिद्धबाबा क्षेत्रमा पहिरो खसेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News