नेपालमा पछिल्लो २४ घण्टामा कति कोरोना संक्रमित थपिए?



काठमाडौं, असार २४
नेपालमा पछिल्लो २४ घण्टामा एक हजार ८७५ जना कोरोना संक्रमित थपिएका छन्।

५ हजार ३७४ जनामा आरटी-पीसीआर र ५ हजार १३० जनामा एन्टिजेन परीक्षण गरिएकोमा पीसीआरतर्फ एक हजार २१८ र एन्टिजेनतर्फ ६५७ जनामा संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा एक हजार २८६ जना संक्रमित कोरोनामुक्त भएका हुन्। यससँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ६ लाख १५ हजार ६१३ पुगेको छ।

यस्तै, गत २४ घण्टामा २९ जना संक्रमितको मृत्यु भएको छ। नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ३२० पुगेको छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News