चीनबाट ८ लाख डोज भेरोसेल खोप काठमाडौं आइपुग्यो



काठमाडौं, असार २५
नेपाल सरकारले चीनसँग खरिद गरेको कोरोविरुद्धको खोपको पहिलो मात्रा काठमाडौंमा आइपुगेको छ । आज बिहान साढे ६ बजे नेपाल वायूसेवा निगमको विमानले ८ लाख डोज बोकेर त्रिभुवन विमानस्थलमा अवतरण भएको हो ।

नन डिस्क्लोलर एग्रिमेन्ट अन्तरगत नेपालले चीनसँग ४० लाख डोज खोप खरिद गर्ने सम्झौता गरेको छ । केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले अब कोरोनाको खोप निरन्तर आउने बताउनु भएको थियो ।

अब प्रत्येक साता चरणबद्ध रुपमा नेपालमा चीनबाट खोप ओसारिने प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News