प्रहरीलाई घुस दिन खोज्ने बसका सहचालक पक्राउ
कास्की, असार २६
कार्य क्षेत्रमा खटिएका प्रहरीलाई ५ सय रुपैयाँ घुस दिन खोजेको आरोपमा पोखराबाट प्रहरीले एक जना बसका सहचालकलाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा स्याङ्जाको फेदीखोला गाउँपालिका–२ का मुक्तिराम पौडेल रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी सुवास हमालका अनुसार पोखराबाट बुटवलका लागि हिडेको लु २ ख २९३ नम्बरको यात्रुबाहक बसका सहचालक पौडेलले पोखरा–१७ छोरेपाटनमा चेकप्वान्टमा डिउटीमा खटिएका प्रहरीलाई घुस दिन खोज्दा पक्राउ गरिएको हो।
डीएसपी हमालका अनुसार जोर विजोर नमानेको आरोपमा कारवाही गर्न खोज्न सहचालक पौडेलले घुसको अफर गरेका थिए ।