आफूलाई डाक्टर भन्दै अश्लिल भिडियो देखाएर करणी गर्ने पक्राउ



मोरङ, असार २६
इलाका प्रहरी कार्यालय पथरीले जबरजस्ती करणी गरेको अभियोगमा मोरङमा एकजनालाई पक्राउ गरेको छ । पीडितले दिएको जाहेरीको आधारमा मोरङ–पथरी शनिश्चरे नगरपालिका—१ दृष्टि चश्मा घरमा कार्यरत् राजेश साह पक्राउ परेका हुन् ।

साहले १३ वर्षीया बालिकालाई घरमा अरु नभएको बेला अश्लिल भिडियो देखाउँदै जबरजस्ती करणी गरेको खुलेको छ । पीडित बालिकाको परिवारसँग एउटै घरमा बस्दै आएका सप्तरीका साहविरुद्ध पीडित पक्षले किटानी जाहेरी दिएपछि पक्राउ गरी अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ।

साहले आफूलाई आँखाको डाक्टर बताएका छन् । यद्यपी प्रहरीले भने अनुसन्धानपछि मात्र त्यसबारे यकिन हुने जनाएको छ। साहले आफूलाई मोबाइलमा अश्लिल भिडियो देखाएर जबरजस्ती करणी गरेको कुरा बालिकाले परिवारलाई सुनाएपछि उनीहरु प्रहरीसमक्ष पुगेका थिए । प्रहरीमा जाहेरी परेपछि साहलाई पक्राउ गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News