देउवालाई प्रधानमन्त्रीमा सघाउँदा एमालेले माधव नेपाल पक्षलाई कारबाही गर्न नमिल्ने
काठमाडौं, असार २८
सर्वोच्च अदालतले संविधानको धारा ७६ (५) अनुसार काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्न सघाउँदा माधव नेपाल पक्षलाई कारबाही गर्न नमिल्ने आदेश जारी गरेको छ । संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सर्वोच्चले राजनीतिक दल सम्बन्धी ऐन बमोजिम अर्को दलका सांसदलाई कारबाही गर्न नमिल्ने फैसला सुनाएको हो ।
अदालतले साउन ३ गते साँझ ५ बजेभित्र प्रतिनिधिसभा बैठक बोलाउन परमादेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको संवैधानिक इजलासले साउन ३ गते साँझ ५ बजेभित्र प्रतिनिधिसभा बैठक बोलाउन परमादेश जारी गरेको हो ।
यस्तै अदालतले काँग्रेस सभापति शेरबहादुर देउवालाई दुई दिनभित्र प्रधानमन्त्री बनाउन पनि परमादेश गरेको छ । सर्वोच्चले संविधानको धारा ७६ ९५० मा ह्वीप नलाग्ने पनि भनेको छ।