सर्वोच्चको फैसलालगत्तै एमालेको युवा सङ्गठन सडकमा



काठमाडौँ, असार २८
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरेको एक घण्टा नबित्दै एमाले निकटको युवा सङ्घ सडकमा आएको छ ।

युवा सङ्घका नेता कार्यकर्ता मुखमा कालो मास्क र टाउकोमा रातो कपडा बाँधेर अदालतको विरोधमा सडकमा आएको हो ।

राजधानीको माइतीघरमा भेला भएका युवा सङ्घका नेता कार्यकर्ताले अदालतको फैसलाको विरोध केपी ओलीको पक्षमा नाराबाजी गरेका थिए ।

माइतीघरमा भेला हुनका लागि एमाले नेता महेश बस्नेतलगायतले सार्वजनिक आह्वान समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News