ओलीले भने-माधव नेपाल गद्दार हुन्



काठमाडौं, असार ३०
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई गद्दारको संज्ञा दिएका छन् । नेता नेपालले नै आफ्नो सरकार ढाल्न अगुवाइ गरेको भन्दै ओलीले उनलाई क्षमा दिन नसकिने बताएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छाडेर बालकोट पुगेका ओलीले समर्थकहरुलाई सम्बोधन गर्दै आफूलाई जालझेल गरेर हटाइएको बताए । त्यसको अगुवाइ गरेको भन्दै उनले माधवकुमार नेपाल लाजशरम पचेको मान्छे भएको टिप्पणी गरे।

ओलीले त्यसो भनिरहँदा समर्थकहरुले नेता नेपाललाई गद्दार घोषणा गर्न र पार्टीबाट निकाल्न माग गर्दै नाराबाजी गरे । उनीहरुलाई रोक्दै अध्यक्ष ओलीले अघि भने, ‘पछाडि लाग्नेहरुको सन्दर्भमा उहाँहरुले कमी कमजोरी महसुस गरेर पार्टीमा आएर काम गर्न चाहनुहुन्छ भने उहाँहरुलाई मौका दिन्छौं । तर माधव नेपालको हकमा आत्मालोचना, गल्ती कमजोरी स्वीकार गर्ने कुनै ठाउँ छैन ।’

निवर्तमान प्रधानमन्त्री समेत रहेका ओलीले आफ्नो नेतृत्वको विकास प्रेमी सरकार ढाल्न अगुवाइ गरेको भन्दै नेता नेपालको आलोचना गरे । हिजो पनि प्रधानमन्त्री शेरबहादुर देउवा सपथका लागि नपुग्दै नेता नेपाल शीतल निवास पुगेको भन्दै उनले भने, ‘माधव नेपाल जस्ता गद्दारलाई कुनै क्षमा गर्न सकिन्नँ ।’

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News