बौद्ध क्षेत्रमा मोबाइल लुट्ने गिरोह पक्राउ



काठमाडौं, असार ३१
काठमाडौंको बौद्ध क्षेत्रमा मोवाइल लुटपाटमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाराको निजगढ घर भएका समिर तामाङ, विरस मगर र खोटाङ घर भएका १९ वर्षीय भिम राई छन् । मोटरसाईकलमा हिँड्ने उनीहरुले बाटोमा हातमा मोवाइल लिएर हिँडेका र फोनमा कुरा गर्दै हिँड्नेहरूको मोवाइल लुटेर भाग्ने गरेका थिए ।

उनीहरुको साथबाट लुटेको २० थान मोवाइल बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेशकुमार बस्नेतले बताए । लुटमा संलग्नहरूबारे महानगरीय प्रहरी वृत्त बौद्धले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News