पोखराका मेयर जिसीलाई मस्तिष्कघात



पोखरा, साउन १
पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई मष्तिस्कघात भएको छ।

जिसीलाई आज बिहान उच्च रक्तचापका कारण मस्तिष्कघात भएको उनका प्रेस संयोजक माधव बरालले जानकारी दिए। मस्तिष्कघात भएपछि उनलाई उपचारका लागि पोखराकै मणिपाल शिक्षण अस्पताल भर्ना गरिएको छ ।

सामान्य प्रकारका मस्तिष्कघात भएका कारण जिसीको स्वास्थ्य खतरामुक्त रहेको अस्पतालले जनाएको छ । मेयर जिसीलाइ थप उपचारका लागि हेलिकप्टरमा काठमाडौंस्थित न्युरो अस्पताल लैजाने तयारी भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News