सप्तरी र धनुषाबाट लागूऔषधसहित दुई युवक पक्राउ



सप्तरी, साउन ३
प्रदेश २ को सप्तरी र धनुषामा प्रहरीले शनिबार लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा जिल्लाको सुरुङ्गा नगरपालिका वडा नम्वर ६ कडरबोना चौकबाट लालूऔषधसहति जिल्लाको अग्नीसाईर कृष्णा सवरण गाउँपालिका वडा नम्वर ५ जन्डौल बस्ने १९ वर्षीय मोहम्द सदरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कडरबोनाबाट खटिएको प्रहरी टोलिले पश्चिमबाट पूर्व तर्फ जादै गरेको ना १ ज ७७१२ नम्वरको बिङ्गर गाडी रोकेर सदरलाई चेक जाँच गर्ने क्रममा गाडीको सिटमा लुकाएर राखिएको नाइट्राभेट १० ट्याब्लेट ३ सय पिस, फेरागन ३८ एम्पुल, डाईजेलाब ३८ एम्पुल जम्मा ११४ एम्पुल लागूऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डीएसपी मधाव प्रसाद काफ्लेले जानकारी दिए ।

यस्तै जनकपुरधाम उपमहानगरपालिका वडा नम्वर ९ स्थित बाह्रबिघा नजिकबाट लागूऔषधसहित क्षिरेश्वरनाथ नगरपालिका वडा नम्वर १० बस्ने सन्तोषकुमार यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

ज.३ प. २७७८ नम्बरको मोटरसाइकलमा सवार यादवलाई शंका लागि चेक जाँच गर्दा उनको साथबाट नाइट्राभेट १० ट्याब्लेट १५ सय थान बरामद भएको छ । यादवले लागूऔषध मोटरसाइकलको सिटमुनि लुकाएर राखेको अवस्थामा बरामत भएको धनुषा प्रहरीका प्रबक्ता एवं डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।

उनले पिठ्यूँमा बोकेको झोलाभित्र चार मिनार मुम्कका (भांगको ट्याब्लेट) २४ प्याकेट, राजनिवास ३ प्याकेट र चक्कु १ थान समेत बरामद भएको उनले बताए ।

उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News