प्रदीप ज्ञवालीको कटाक्ष ‘उहिले देउवालाई श्री ५ ले नियुक्त गरे, अहिले श्रीमान् ५ ले’



काठमाडौं, साउन ३
नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा श्रीमान ५ बाट प्रधानमन्त्री नियुक्त भएको बताउनु भएको छ ।

आज देखि शुरु भएको प्रतिनिधि सभामा विश्वासको मत लिने प्रधानमन्त्री देउवाको प्रस्तावमाथि छलफलमा भाग लिंदै ज्ञवालीले २०६१ मा श्री ५ बाट प्रधानमन्त्री हुनु भएका देउवा अहिले सर्वोच्च अदालतका ५ न्यायाधीशबाट प्रधानमन्त्री बनेको बताउनु भएको हो ।

२०५९ असोजमा अक्षम भनेर बर्खास्त हुनु भएका देउवालाई तत्कालीन राजाले २०६१ मा प्रधानमन्त्री नियुक्त भएपछि मैले आज श्री ५ बाट न्याय पाएँ भनेको स्मरण गर्दै ज्ञवालीले भन्नुभयो, ‘श्री ५ ले दिनुभएको न्याय माघ १९ मा कहाँ गयो हामी सबैलाई थाहा छ ।

आज ५ जना श्रीमानहरुबाट माननीय शेरबहादुर देउवा प्रधानमन्त्री हुनुभएको छ । उतिबेला श्री ५, अहिले श्रीमान ५ ।’

संविधानको धारा ७६(५) को अपव्याख्या गरेर जस्केलाबाट निर्दलीय व्यवस्थालाई छिराइएको र यसले शक्ति पृथकीकरणको सिद्धान्त खल्बलिने आफू र आफ्नो दलको चिन्ता भएको एमाले सचिव ज्ञवालीले बताउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News