नयाँ सरकारको परराष्ट्र नीतिको खाका प्रधानमन्त्रीले गरे सार्वजनिक



काठमाडौंं, साउन ४
प्रधानमन्त्री शेरहादुर देउवाले नयाँ सरकारको परराष्ट्र नीति र अन्तर्राष्ट्रिय सम्बन्ध सम्बन्धी आधारभूत खाका सार्वजनिक गरेका छन् ।

प्रधानमन्त्री देउवाले प्रतिनिधिीसभाबाट विश्वासको मत लिने क्रममा बोल्दै छिमेकी मुलुकसँग राम्रो सम्बन्ध पहिलो प्राथमिकता भएको बताएका छन् ।

दुवै छिमेकी मुलुक भारत र चीनसँग राम्रो सम्बन्ध राख्नु नै देशको राष्ट्रिय हितमा रहेको देउवाले बताए । ‘नेपालको राष्ट्रिय हितका आधारमा विदेश सम्बन्ध स्थापित हुन्छ । हाम्रो छिमेक पहिलो प्राथमिकता हो ।’ देउवाले भने ।

प्रधानमन्त्री देउवाका अनुसार छिमेकपछि नेपालको प्राथमिकतामा रहेका मुलुकहरु अमेरिका, युरोपेली युनियन, जापान र अन्य विकास साझेदार हुन् । ‘नेपालको राष्ट्रिय हित लागि छिमेकसहित सबै मुलुकसँग राम्रो सम्बन्ध राख्नुमा छ । कुनै स्थायी शत्रु र मित्र छैनन्, खाली स्थायी राष्ट्रिय हित मात्र रहेको छ।’ उनले भने ।

प्रधानमन्त्री ओलीले छिमेकी मुलुकहरुको विरुद्धमा जान नसकिने बताएका छन् । उनले भने, ‘हामी कुनै पनि हालतमा यि मित्रहरुको खिलाफमा जानै मिल्दैन् ।’ प्रधानमन्त्री देउवाले भारत र चीन दुवैसँग सांस्कृतिक सम्बन्ध रहेको पनि उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News