एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै



काठमाडौं, साउन ६
नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज पनि बस्दैछ। च्यासलस्थित तुलसीलाल प्रतिष्ठानको भवनमा आज अपरान्ह ३ बजे बैठक बस्दैछ। मंगलबार पनि केन्द्रीय कमिटी बैठक बसेको थियो।

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ एमाले सांसदलाई स्पष्टीकरण सोध्ने केन्द्रीय कमिटीले निर्णय गरेको छ। पत्र पुगेको २४ घन्टाभित्र स्पष्टीकरण दिइसक्न एमालेले निर्देशन दिएको छ।

मंगलबार सातै प्रदेशका पार्टी कमिटी प्रमुखहरूले प्रदेशमा पार्टीको संगठनात्मक अवस्थाबारे जानकारी गराएका थिए। पार्टीबाट वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष छाडेर जाने अवस्था आएमा पर्ने प्रभावबारे समेत बैठकमा छलफल भएको थियो ।

केन्द्रीय कमिटी बैठकमा नेपाल पक्षको भने सहभागिता थिएन ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News