प्रहरीका ९८ जना सईलाई इन्सपेक्टरमा बढुवा गर्न सिफारिस



काठमाडौं, असार ८
प्रहरी प्रधान कार्यालयले लामो समयदेखि रोकिएको इन्सपेक्टर बढुवा सिफारिस सुची प्रकाशन गरेको छ ।

बिहिबार राति प्रहरी प्रधान कार्यालयले ९८ जना प्रहरी नायव निरीक्षक (सई) हरुलाई निरीक्षक (इन्सपेक्टर)मा बढुवाका लागी सिफारिस गरेको हो ।

२०६१ जेठमा सईमा बढुवा भएकाहरुलाई इन्सपेक्टरमा बढुवा सिफारिस गरिएको छ । बढुवा समितीले केशव थापालाई एक नम्बरमा बढुवा सिफारिस गरेको छ ।

अर्जुन कुमार अधिकारी, उपेन्द्र बम, आशुतोष बहादुर शाही र गजेन्द्र रावल सहित ९८ जनालाई इन्सपेक्टरमा बढुवा गर्न सिफारिस गरिएको छ ।

सात दिनसम्म कुनै उजुरी नपरेमा गृह मन्त्रालयले सो सिफारिसलाई सदर गरेपछि बढुवाले पूर्णता पाउँछ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News