साइबर सेना लगाएर खगेन्द्र संग्रौलालाई तह लगाउने महेश बस्नेतको धम्की



काठमाडौं, साउन ११
वरिष्ठ लेखक तथा नागरिक समाजका अगुवा खगेन्द्र संग्रौलाले एमालेका युवा नेता महेश बस्नेतले आफुलाई तह लगाउने धम्कि दिएको बताएका छन्। लेखक संग्रौलाले सामाजिक संजाल ट्विटरमार्फत बस्नेतले आफुलाई साइबर सेना लगाएर तह लगाउने धम्की दिएको जानकारी गराएका हुन्।

संग्रौलाले बस्नेतको धम्की एमाले अध्यक्ष केपी शर्मा ओलीको आदेश अनुसार आएको आशंका समेत व्यक्त गरेका छन्। आफुलाई विगतमा संकटकालको बेलामा मण्डले र निरंकुशता पक्षधर शाही सेनाले परोक्ष धम्की दिने गरेको स्मरण गर्दै आहिले गणतन्त्रमा पनि त्यस्तो धम्की नरोकिएको बताएका छन्।

‘शाही निरङ्कुशतामा मण्डलेका र संकटकालमा शाही सेनाका परोक्ष धम्की झेलेको थिएँ। अहिले गणतन्त्रमा माननीय महेश बस्नेतले साइबर सेना लाएर तह लाउने प्रत्यक्ष धम्की दिए,’ उनले लेखेका छन्, ‘तह लाउने बदनाम गरेर, कुटेर हो कि मारेर हो? यो अति उदार र सहिष्णु ओली सरको आदेशबमोजिमको धम्की त होला। धन्य ओली सर!’

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News