Deshko News
९ आश्विन २०८०, मंगलबार

बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक बस्दै



काठमाडौं, साउन १३
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज सत्तारूढ गठबन्धनको बैठक बस्ने भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलगायत बैठक बस्ने तयारी गरेका छन्।

प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले आज बिहान ९ बजे बालुवाटारमा गठबन्धनको बैठक बस्ने बताए। मन्त्रिपरिषद बिस्तारलगायत विषयमा सत्ता गठबन्धनको बैठक बस्न लागेको छ। देउवा नेतृत्वको सरकारमा कांग्रेसबाट दुई मन्त्री र एक राज्यमन्त्री छन् भने माओवादीबाट दुई जना मन्त्री छन्।

जसपाभित्रको आन्तरिक विवाद निर्वाचन आयोगबाट निरूपण गर्दै अध्यक्ष यादव नेतृत्वले आधिकारिकता पाएसँगै गठबन्धन बैठक बस्न लागेको छ। गठबन्धन बैठकमा यसअघि नेकपा एमालेका नेता माधवकुमार नेपाल पनि सहभागी थिए। एमालेका २२ जना सांसदले गत साउन ३ मा प्रधानमन्त्रीमा देउवालाई विश्वासको मत दिएका थिए। तर एमालेका ती सांसद सरकारमा जाने वा नजाने भन्ने यकिन छैन।

प्रकाशित मिति: १३ श्रावण २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News