माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, मन्त्रीहरुको टुंगो लगाइने


 


काठमाडौं, साउन १८
नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ। बैठक दिउँसो तीन बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्न लागेको हो।

बैठकमा माओवादीले सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंगो लगाउने बताइएको छ। अध्यक्ष प्रचण्डले यसअघि नै आफ्ना सबै सांसदलाई मन्त्री चाहियोरे भन्दै तनाव व्यक्त गरिसकेका छन्।

शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारमा हाल जनार्दन शर्मा र पम्फा भुसाल मन्त्री छन्। शर्माले अर्थ मन्त्रालय र भुसालले ऊर्जा मन्त्रालयको जिम्मेवारी पाएका छन्। माओवादीले अझै सात मन्त्रालय पाउने सम्भावना रहेको नेताहरु बताउँछन्।

कांग्रेसको तर्फबाट गृहमन्त्री बालकृष्ण खाँण, कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ मात्र सरकारमा सहभागी छन्। गत असार २९ गते प्रधानमन्त्री नियुक्त भएका देउवाले अझै पनि मन्त्रिपरिषद विस्तार गर्न सकेका छैनन्।

प्रकाशित मिति: १८ श्रावण २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्