नेपाली काँग्रेसले दियो संविधानलाई चुनौती



काठमाडौं, साउन ३१
सत्तारुढ नेपाली काँग्रेसले पूर्वघोषित १४ औं महाधिवेशन सारेर संविधानलाई चुनौती दिएको छ । भदौ २३ भित्र महाधिवेशन गरिसक्नुपर्ने संवैधानिक वाध्यता भए पनि काँग्रेसले संवैधानलाई नै चुनौती दिएर महाधिवेशन आगामी मंसिर ९ गतेदेखि १३ सम्मलाई सारेको छ ।

नेपाली काँग्रेसले २०७२ फागुन २३ गते १३ औँ महाधिवेशन सम्पन्न गरेको थियो । आगामी भदौ २३ गते सभापति शेरबहादुर देउवा नेतृत्वको कार्यकाल ५ वर्ष ६ महिना पूरा हुँदैछ ।

नेपालको संविधानको धारा २६९ उपधारा ४ अनुसार महाधिवेशन भएको ५ वर्ष ६ महिनाभित्र केन्द्रीय र प्रादेशिक कार्यसमितिको निर्वाचन गरिसक्नुपर्ने व्यवस्था छ । तर, काँग्रेस केन्द्रीय कार्य समितिको शनिबार सम्पन्न बैठकले मंसिरको दोस्रो साता महाधिवेशन गर्ने निर्णय गरेको हो ।

पार्टीका केन्द्रीय सदस्यहरुको तीन दिनसम्मको लगातार छलफल गरी महाधिवेशनको मिति मंसिर ९ देखि १३ गतेसम्म पाँच दिनमा सम्पन्न गर्ने निर्णय गरिएको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

महाधिवेशन अन्तर्गत भदौ १८ गते वडा अधिवेशन गरिनेछ । पार्टीको वैैधानिकता कायम हुने गरी महाधिवेशनको तयारीका लागि वडा अधिवेशन भदौ १८ मै गर्ने निर्णय लिइएको प्रवक्ता शर्माको भनाइ छ ।

बैठकले तोकेको कार्यतालिका अनुसार भदौ २७ गते गाउँनगरपालिका अधिवेशन, असोज १ गते प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन गरिनेछ । त्यसैगरी कार्तिक १०, ११ र १२ गते प्रदेश अधिवेशन सम्पन्न गरिनेछ ।

दसैं तिहारजस्ता चाड पर्वका कारण प्रदेश अधिवेशनको मिति भने पर सार्नु परेको पनि प्रवक्ता शर्माले बताए । त्यसपछि केन्द्रीय महाधिवेशन भने काठमाडौंमा मंसिर ९ गतेबाट सुरु हुने उनको भनाइ छ ।

काँग्रेसले भदौको १८ गतेबाट नै वडा तहको अधिवेशन सम्पन्न गरेर पार्टीको वैधानिक व्यवस्थालाई जोगाएको दावी समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News