दल फुटाउने अध्यादेशको गोकर्ण विष्टको विरोध


 


काठमाडौं, भदौ १
पार्टी फुटाउने अध्यादेश देउवा सरकारले ल्याएपछी चौतर्फी विरोध शुरु भएको छ । नेपका (एमाले) का सचिव गोकर्ण विष्टले अध्यादेशको विरोध गर्नु भएको छ ।

माधव नेपाल निकट विष्टले अध्यादेशको विरोध गर्नु भएको हो । सामाजिक सञ्जालमा लेख्दै विष्टले भन्नु भएको छ, लोकतान्त्रिक अभ्यास र संविधानको मर्म विपरित दल बिभाजन सम्बन्धी अध्यादेश ल्याउने सरकारको निर्णय अत्यन्तै खेदजनक छ ।

यसले दलभित्र उत्पन्न हुने अन्तरबिरोध र समस्यालाई दलभित्रै विधिसम्मत ढङ्गले समाधान खोज्नुको सट्टा बिभाजनलाई प्रोत्साहित गर्नेछ । राजनीतिक अस्थिरता, अन्यौलता र अराजकता सृजना गर्नेछ ।

दलहरुप्रति विकर्षण र वितृष्णा पैदा गर्नेछ । अन्ततः यसले नेपालको राजनीतिमा दुस्खद परिणाम निम्त्याउने छ । यसप्रकारको प्रतिगामी निर्णयको सबैले बिरोध गरौँ । फिर्ता लिन बाध्य पारौँ, विष्टले लेख्नु भएको छ ।

प्रकाशित मिति: १ भाद्र २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्