आफ्नै पिए लाई प्रदेश प्रमुख बनाएपछि माधव नेपाललाई मान पुग्यो !


 


काठमाडौं, भदौ ३
सरकारले बागमती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंलाई हटाएर नयाँ प्रदेश प्रमुख पठाउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले बागमती प्रदेश प्रमुखमा यादवचन्द्र शर्मालाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

शर्मा नेकपा एमाले (समाजवादी)का अध्यक्ष माधव नेपालका स्वकीय सचिव हुन् । उनले लामो समय नेता नेपालको स्वकीय सचिव रहेर काम गरेका थिए ।

मलाई मान पुगेन, अपमान भयो भन्दै आएका नेता नेपाल आफ्नै पिएलाई प्रदेश प्रमुख बनाउन सफल भएपछि मान पुगेको बताइएको छ ।

प्रकाशित मिति: ३ भाद्र २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्