गुरु भट्टाराईले रेल्वे कम्पनीको महाप्रबन्धकबाट राजीनामा दिएपछि को भए नियुक्त ?
काठमाडौं, साउन ४
सरकारले नेपाल रेल्वे कम्पनीको महाप्रबन्धकमा निरन्जन झालाई नियुक्त गरेको छ ।
बिहीवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले झालाई रेल्वे कम्पनीको महाप्रबन्धकमा नियुक्त गरेको हो ।
उनी नवगठित नेकपा एमाले (समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल निकट हुन् ।
यस अघिका महाप्रबन्धक गुरु भट्टराईलाई सरकारले स्पष्टीकरण सोधेपछि उनले पदबाट राजिनामा दिएका थिए ।