तालिबानसँग डराए अमेरिकी राष्ट्रपति बाइडेन



एजेन्सी, साउन ९
अफगानिस्तान कब्जा गरेको तालिबानले अमेरिकालाई अगस्ट ३१ भित्र देश छाड्न चेतावनी दिएको थियो। अमेरिकी सेना फिर्ता नभएसम्म आफूहरुले सरकार गठन नगर्ने बताउँदै उसले अगस्ट ३१ भित्र अफगानिस्तान नछाडे त्यसको परिणाम भोग्नुपर्ने धम्की दिएको छ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले ३१ अगस्टमा नै अफगानिस्तानबाट आफ्ना सैनिकलाई पूर्ण रुपमा फिर्ता गरिसक्ने बताएका थिए। समाचार एजेन्सी एपीका अनुसार एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै तालिबानका प्रवक्ता जैबिउल्लाह मुजाहिदले ३१ तारिखको समयसीमा नबढ्ने बताउँदै तालिबानले यसलाई स्वीकार पनि नगर्ने बताए।

उनले अफगानिस्तानमा जनजीवन सामान्य भइरहेको तर विमानस्थलमा समस्या अहिले पनि यथावत् रहेको बताएका छन्। तालिबानले आफ्नो हातमा अफगानिस्तानको सत्ता कब्जा गरेपछि अफगान देश छोड्न थुप्रै मानिसहरु आतुर छन्। जैबिउल्लाह मुजाहिदले अमेरिकामा पढेलेखेका र दक्ष अफगानीलाई लैजान पनि निर्देशन दिएका छन्। उनले ३१ अगस्टपछि अफगानिस्तानबाट कुनै पनि एयरलिफ्ट नहुने स्पष्ट पारेका छन्।

‘अमेरिकाले दक्ष अफगानलाई लगिरहेका छन्। जस्तै, यहाँ इन्जिनियर बाँकी छैनन्। उनीहरुसँग विमान छन्, उनीहरुसँग विमानस्थल छन् र उनीहरुलाई आफ्नो नागरिक र ठेकेदारलाई यहाँबाट लैजानुपर्छ,’ मुजाहिदले भने। ३१ अगस्टको समयसीमा नबढाउने धम्कीपछि अमेरिकाले काबुलबाट मानिसहरुलाई निकाल्ने काममा थप तीब्रता दिएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले १४ अगस्टदेखि हालसमम ७०,७०० जनालाई अफगानिस्तानबाट निकालिएको जानकारी दिए।

अमेरिकी राष्ट्रपतिले ३१ अगस्टको समयसीमा अनुरुप मानिसहरुलाई निकाल्ने काम भइरहेको बताए। यद्यपि, नेटोका केही सहयोगीले ३१ अगस्टको समयसीमा बढाउन माग गरेका थिए। राष्ट्रपति बाइडेनले भने, ‘निकाल्ने काम जति छिटो पूरा गर्न सकियो, त्यति नै राम्रो हो। अमेरिकी सैनिकले तालिबानको कब्जा अघि नै अफगानिस्तान छाड्न सुरु गरेका थिए।’ अमेरिकी राष्ट्रपतिले तालिबानले मानिसहरुलाई निकाल्नमा मद्दत गरिरहेको बताउँदै अन्तरराष्ट्रिय समुदाय तालिबानको मूल्यांकन उनको काममार्फत् गर्ने पनि बताए।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News