पार्टी औपचारिक रुपमा फुटेसँगै एमालेले बोलायो केन्द्रीय कमिटी बैठक



काठमाडौं, साउन १०
नेकपा(एमाले)को केन्द्रीय कमिटी बैठक आज बस्दैछ ।

केन्द्रीय कमिटी बैठक मध्याह्न १२ बजे तुलसीलाल स्मृति प्रतिष्ठानको भवन च्यासलमा बस्नेगरी बोलाइएको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमहरुको सम्बन्धमा छलफल हुने जनाइएको छ ।

बुधवार एमाले औपचारिक रुपमा विभाजन भएसँगै एमाले केन्द्रीय कमिटी बैठक पहिलो पटक बस्न लागेको हो । एमालेबाट अलग्गिएर ५५ जना केन्द्रीय कमिटी सदस्यहरुले माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीलाई साथ दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News