लुम्बिनीमा पूर्ववर्ती सरकारले अगाडि बढाएकाे सञ्चार विधेयक फिर्ता हुने



दाङ, भदौ १७
लुम्बिनीमा पूर्ववर्ती सरकारले अगाडि बढाएकाे संचारमाध्यमसम्बन्धी विधेयक फिर्ता हुने भएकाे छ ।

तत्कालीन मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारले अदालतझै निजामती कर्मचारीले दण्ड र जेल सजाय गर्नसक्ने व्यवस्था कायम गर्ने गरी विधेयक अगाडि बढाएपछि तीव्र आलोचना भएको थियो ।

लुम्बिनी प्रदेशका पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीले विधेयक फिर्ता गरेर समयानुकुल बनाइने बताए । ‘विधेक फिर्ता लिएर सञ्चारमैत्री बनाउँछौँ,’ उनले भने, ‘विधेककै कारण पत्रकारलाई आन्दोलनमा उतार्ने काम हुँदैन ‘ मिडियाले स्वीकार्ने गरी विधेयक आउँछ ।’

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News