आजको मौसम : यी स्थानमा भारी वर्षाको सम्भावना



काठमाडौं, भदौ १७
नेपालमा मनसुनी वायुको प्रभाव जारी छ। जसका कारण देशका विभिन्न स्थानहरुमा निरन्तर वर्षा भइरहेको छ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार पनि प्रदेश नं १, बाग्मती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ।

बिहीबार देशका केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र वर्षाका कारण पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ। महाशाखाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउन अनुरोध गरेको छ। हाल देशभर सामान्य बदली रहि प्रदेश नं १ का धेरै र प्रदेश नं २ र बागमती प्रदेशका केहि स्थानहरूमा वर्षा भइरहेको छ।

यसैगरी, आज दिउँसो देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको र प्रदेश नं १ का एक/दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

यस्तै, राति देशभर सामान्यदेखि पूर्ण बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। भने, प्रदेश नं १,बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News