स्वास्थ्य राज्यमन्त्रीलाई बर्खास्त नगरेको भन्दै गोविन्द केसीले दिए अनशनको चेतावनी



काठमाडौं, भदौ २२
चिकित्सा शिक्षा सुधारको अभियान चलाउँदै आएका डा. गोविन्द केसीले स्वास्थ्य राज्यमन्त्रीलाई पदमुक्त गर्नुपर्ने माग पूरा नभएको भन्दै सत्याग्रहको चेतावनी दिएका छन्।

केसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ–‘स्वास्थ्य राज्यमन्त्रीलाई पदमुक्त गर्ने लगायतका हामीसँग भएका समझदारीका बुँदाहरु तत्काल कार्यान्वयन गर्न पनि माग गर्दर्छौं । यी मागहरु पूरा नगरी सरकारले अहिलेकै निष्क्रियता, लाचारी र अनियमितता कायम राखेमा कुनै पनि बेला सत्याग्रह शुरु गर्ने जानकारी पनि गराउन चाहन्छौं ।’

डा. केसीले प्रधानमन्त्री शेरबहादुर देउवाले बीपी प्रतिष्ठानका हकमा भएका सम्झौता कार्यान्वयन नगरेको पनि उल्ललेख गरेका छन् । उनले विज्ञप्तिमार्फत भनेका छन्–‘पछिल्लो समय धरानस्थित बीपी प्रतिष्ठानमा चलेको आन्दोलनपछि आन्दोलनकारीहरुसित भएको सम्झौता कार्यान्वयन नगरेका कारण अस्पतालको सेवा नै अवरुद्ध हुने गम्भीर अवस्था सिर्जना भएको छ । साथै बीपी प्रतिष्ठानका हकमा भएका सम्झौता कार्यान्वयन लगायत हामीसँगको भेटमा प्रधानमन्त्रीले समझदारी गरेको तीन साता बितिसक्दा पनि त्यस अनुसार कुनै काम भएको छैन ।’

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News