भोजपुरमा माधव नेपालको पार्टीको प्रभाव रहेन्, छ जना जनप्रतिनिधिले मात्र एमाले छाडे


 


भोजपुर, भदौ २२
भोजपुरमा एमालेका ६ जना जनप्रतिनिधि नेकपा एकीकृत (समाजवादी) मा गएका छन् ।

विभाजित दल रोज्न निर्वाचन आयोगले दिएको अन्तिम दिनसम्म भोजपुर नगरपालिकाकी उपमेयर ममिता राई, टेम्केमैयुङ गाउँपालिकाकी उपप्रमुख ईन्द्रावती राई सहित ६ जनाले नयाँ पार्टी रोजेका हुन् ।

जिल्ला निर्वाचन कार्यालय पुगेर उनिहरुले नेकपा एसमा सनाखत गरेका छन् । अन्य जनप्रतिनिधिहरूमा भोजपुर ७ नम्बर वडा सदस्य राधिका तामाङ र षडानन्द नगरपालिकाका वडा सदस्य विशाल राई छन् ।

त्यस्तै षडानन्द नगर कार्यपालिका सदस्यद्वय सुमन राई र गोविन्द विकले एमाले छाडेका छन् ।

भोजपुरमा नेकपा एसको प्रभाव पर्ने अनुमान गरिए पनि अन्तिम समयमा आएर अधिकांश जनप्रतिनिधि एमालेमै बसेका छन् । यसबाट माधव नेपालको पार्टी निराश बनेको छ ।

प्रकाशित मिति: २२ भाद्र २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्