बिचरा ! झाँक्री : आफ्नै गृह जिल्लामा कसैले पत्याएनन्


 


काठमाडौं, भदौ २३
नेकपा (एमाले) छाडेर एकीकृत समाजवादी रोजेकी रामकुमारी झाँक्रीको जन्मथलो गुल्मी जिल्लामा एमाले छोडेर जाने जनप्रतिनिधि शून्य रहेको छ ।

गत भदौ १ गते एमाले विभाजन भएपछि स्थानीय तहका जनप्रतिनिधिलाई एकीकृत समाजवादी पार्टी रोज्न निर्वाचन कार्यालयले भदौ २२ गतेसम्मको समय दिएको थियो। यो समयसम्म एकीकृत समाजवादीमा जाने जनप्रतिनिधिहरूको संख्या शून्य भएको हो ।

लुम्बिनी प्रदेशमा माधव नेपालको पार्टी निराशाजनक अवस्थामा देखिएको छ । एमाले चोइटाउन प्रमुख भूमिका खेलेकी झाँक्री आफ्नै जिल्लामा भने बिचरा अवस्थामा पुगेकी छन् ।

खासगरी एमाले चोइटाउन उक्साउनेहरुको जनाधार र भूगोल नरहेको टिप्पणी हुँदै आएको थियो, जुन कुरा गुल्मीबाट पुष्टि समेत भएको छ । झाँक्री समानुपातिक सांसद हुन् ।

प्रकाशित मिति: २३ भाद्र २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्