ओडिसाको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव : कस्तो रहला आजको मौसम ?



काठमाडौं, भदौ २९
हाल नेपालमा भारतको ओडिसा र आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहेको छ। साथै मनसुन न्यून चापीय रेखा औसत भन्दा दक्षिण तर्फ रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश नं १, प्रदेश नं २ र सुदूर पश्चिम प्रदेशका भूभागहरूमा आंशिकदेखि सामान्य बदलीसहित थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ भने बाँकी प्रदेशका भूभागमा आंशिक बदली रहेको छ ।

मंगलबार देशभर सामान्य बदली रही धेरै स्थानहरूमा मेघ गर्जन/ चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

बुधबार देशभर सामान्य बदली रही प्रदेश नं १ , प्रदेश नं २ र बागमती प्रदेशका थोरै स्थानहरूमा तथा अन्य प्रदेशका केही भूभागमा मेघ गर्जन/ चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

बिहीबार पनि देशभर सामान्य बदली रही केही स्थानहरूमा मेघ गर्जन/ चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News