मध्यराति पहिरोले घर पुरियो : एकै परिवारका ३ दिदिबहिनीको मृत्यु



गुल्मी, असोज ६
गुल्मीमा पहिरोले घर पुरिँदा एकै परिवारका तीनजनाको मृत्यु भएको छ।

मंगलबार राति १२ बजेतिर भारी वर्षासँगै खसेको पहिरोले घर पुरिँदा रेसुङ्गा नगरपालिका–८ खानिगाउँ थुम्का लाइनका तिलक परियारका तीन छोरीको मृत्यु भएको प्रहरीले प्रहरीले जानकारी दिएको छ।

मृत्यु हुनेमा २१ वर्षीया भावना, १४ वर्षीया गंगा र १४ वर्षीया जमुना छन्। उनीहरु तीनै जना दिदीबहिनी हुन्। गंगा–जमुना जुम्ल्याहा हुन्।

पहिरोले एक तले पक्की घर पुरिँदा बीचको कोठामा सुतेका तीन उनीहरुको मृत्यु भएको बताइएको छ। तीलकको ६ जनाको परिवारमा उनीसहित श्रीमती र एक छोरी भने सकुशल रहेका छन्।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News